पर्यटकको बाटो हेरिरहेको भोजपुरको छाँगे झरना « Khabarhub

पर्यटकको बाटो हेरिरहेको भोजपुरको छाँगे झरना


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ ।

स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछी  आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ । 

यहाँ भदौ र वैशाखको पूर्णिमा गरी दुई पटक मेला लाग्छ । मेला बाहेक अन्य समयमा पनि झरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिसहर पुग्ने थालेका छन् । थप प्रचारप्रचार हुनसके यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । 

झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा कोशी प्रदेश सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । झरना स्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचासमेत निर्माण गरिएको छ । 

छाँगे धाममा दर्शन गरेमा मनोकामना पूरा हुने रोगव्यादी निको हुने जनविश्वास रहेको स्थानीयबासी इन्द्रप्रसाद धमलाले बताए।

‘झरना प्राकृतिकरुपमा निकै सुन्दर छ’, उनले भने, ‘यहाँ दर्शन गरेर मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । यहाँ पुग्न भौगोलिक रुपमा विकट नै छ । यसको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।’

झरनासम्म पुग्ने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उनले बताए। प्रकृतिले सुन्दर उपहार दिएको भएपनि यसबाट लाभ लिन नसेकेको भनाइ छ । 

सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीय देवचन्द्र राईले बताए। 

‘ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ’ उनले भने ‘जिल्लाकै सबैभन्दा अग्लो झरना कसैको नजरमा पर्न सकेको छैन ।’

छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्यले षडानन्द नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए । 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ५६ बजे

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे– उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा ३१