धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो 'आश्रम भवन' | Khabarhub Khabarhub

धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो ‘आश्रम भवन’


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी ‘आश्रम भवन’ निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २० लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो ।

विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो । तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन् । जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ ।

महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । आश्रम भवनको सबैजसो काम  सकिएको जनाइएको छ ।

चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जनाइएको छ । भवनमा एक पटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिए। आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ ।

लुुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका स्थानबाट पछिल्लो समय पर्यटक आउने क्रम बढेको स्थानीय सरस्वती अधिकारीले बताइन् । महाशिला हिँडेर एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताइन् ।

यहाँ एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायतका अवसरमा मेला लाग्ने गर्दछ ।

महाशिला गाउँपालिकाको नामाकरण पनि यही शिलाको नामबाट नामाकरण गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै दश रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा समेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाँको गुरुयोजना समेत बनाएको छ । गुरुयोजना अनुसार कामहरू अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : १३ बजे

घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले

चितवन– पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि

गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त

तेलअभिभ– इजरायलको सुरक्षा क्याबिनेटले गाजा पट्टीको उत्तरी भागस्थित गाजा सिटीमाथि

राष्ट्रियसभा : राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न

प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको

बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध

मध्यविन्दु– बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट