रविलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको दाबी  | Khabarhub Khabarhub

रविलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको दाबी 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया पक्राउ अनुमतिका लागि हाल कास्की अदालत पुगेका थिए । यता कास्कीबाट प्रहरीको टोली काठमाडौं आइसकेको छ ।

पक्राउ पुर्जीका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको बेन्चमा बहस भएको थियो । शाहको बेन्चले पक्राउ गर्न अनुमति दिएको प्रहरी स्रोतको भनाइ छ ।

उताबाट अदालतले पक्राउ पुर्जी जारी गर्ने बित्तिकै प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी समेत गरेको छ ।

लामिछानेलाई सहकारी संस्थाको अध्ययन गर्न बनेको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविको संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा उनका सहकर्मी पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परिसकेका छन् ।

यसअगाडि पनि प्रहरीले अनुमति दिएको भनिएको थियो । तर रवि पक्राउ परेनन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’