राजनीति

रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ 

By खबरहब

October 18, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न पार्टी कार्यालय चमती पुगेको रास्वपाले जानकारी गराएको छ ।

पार्टी प्रवक्ता मनिस झाले प्रहरी सभापति पक्रन पार्टी कार्यालय पुगेको पुष्टि गरे । उनले अबको आधा घण्टापछि प्रहरीसँग सभापति सडक मार्ग भएर पोखरा जाने बताए ।

झाले राजनीतिक प्रतिशोध साध्न सरकारले काम गरेको समेत बताए ।

उनले भने, ‘प्रहरीलाई सघाउ, कुनै अवरोध नगरौँ । हामी फरक राजनीतिक गर्न आएका छौँ । प्रहरीलाई प्रतिकार नगरौँ । अब आधा घण्टामा सभापति पार्टी कार्यालयबाट ओर्लिएर पोखरा जानुहुन्छ । उहाँ सडक मार्ग भएर पोखरा जानुहुन्छ । उहाँको साथमा हामी पनि केही जान्छौँ ।’

झाका अनुसार सभापतिले केही कुरा राखेर पोखरा जाने सहमति भएको छ ।