आजका समाचार : रवि पक्राउपछि राजनीतिक तरंग, सन्दीपलाई अमेरिकाको भिसा | Khabarhub Khabarhub

आजका समाचार : रवि पक्राउपछि राजनीतिक तरंग, सन्दीपलाई अमेरिकाको भिसा


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

सिंहदरबारमा ओलीको हनिमुन : हटेन आर्थिक नैराश्य

प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकार गठन निम्ति नेपाली काङ्ग्रेससँग भएको सात बूँदे सहमतिको मर्म पालना र कार्यान्वयनमै विफल भएका छन्‌ ।

सामान्यतयाः ‘हनिमुन’ अवधि भनिने सरकार गठनको १०० दिने अवधि नपुग्दै ओलीले सरकार गठनका लागि कांग्रेससँग गरिएको सहमतिका अधिकांश बूँदालाई अलपत्र छाडिदिएका हुन्‌ ।

विपद् बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा काट्ने प्रवृत्ति छ, मिलेर सामना गर्नुपर्छ’

पक्राउ परेपछि रविले भने, ‘मैले कुनै अपराध गरेको छैन, राज्य म माथि खनियो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि अपराध नगरेको दाबी गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र शुभचिन्तकलाई छोटो सम्बोधन गर्दै लामिछानेले आफूमाथि पुरै राज्य खनिएको बताए ।

रविमाथि दुई अभियोग : सहकारी ठगी, संगठित अपराध

कास्की जिल्ला अदालतको अनुमतिबाट प्रहरीले शुक्रबार जारी गरेको पक्राऊ पूर्जीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दुईवटा अभियोग लागेका छन्, एउटा– सहकारी ठगी र अर्को संगठित अपराध ।

संगठित अपराधको अभियोगमा प्रहरीले दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । सहकारी ठगीसम्बन्धी कानूनको तुलनामा संगठित अपराधसम्बन्धी कानून निकै कडा मानिन्छ ।

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर आत्मसमीक्षाका साथ समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताएका छन्।

हिन्दु इकोनोमिक फोरमले आज काठमाडौं गरेको ‘विजिनेस मिट २०२४’ को उद्घाटन गर्दै उनले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसक्ने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रूपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताएका हुन् ।

ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय

विपक्षी दलको बैठकमा प्रचण्डले भने- रविजी पक्राउ पर्न सक्नुहुन्छ

शेखर कोइराला भन्छन्- पन्ध्रौँ महाधिवेशनमा सभापतिमै उठ्छु, कन्फ्युजनमा कोही नपर्नुहोस्

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईँहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्,’कोइरालाले भने ।

अर्थ मन्त्रालयमा विष्णु पौडेलका तीन महिना, के के गरे ?

अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा मन्त्रालयले २६ बुँदे कार्यप्रगति सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यप्रगतिमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेश गरिएसम्मका विवरण छन् ।

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

पाटन उच्च अदालतले मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

अर्थसंक्षेप : काबेली प्रसारण लाइनको पुनर्निर्माण धमाधम, सुनको मूल्यमा नयाँ किर्तीमान

अन्तर्राष्ट्रिय…

दिल्लीमा आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि 

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द

इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह

खेलकुद…

भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ ।

यस अघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किएका थिए ।

भुटानसँग बराबरीमा रोकियो नेपाल

पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा

भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ४८ बजे

रवि पक्राउ परेपछि सीके राउतले भने – प्रतिशोध र निषेधको राजनीति

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाका सभापति

रविलाई आइतबार अदालतमा उपस्थित गराइने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा

रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं – शुक्रबार साँझ पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय

नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त

काठमाडौं – नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

हेटौँडा – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार