ढोरपाटनमा निःशुल्क आँखा शिविर, एक हजार बढीले लिए सेवा « Khabarhub

ढोरपाटनमा निःशुल्क आँखा शिविर, एक हजार बढीले लिए सेवा


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।

शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतिविन्दुको शल्यक्रियासमेत गरिएको छ ।

शिविरको पहिलो दिन पाँच सय ८१ जना र दोस्रो दिन चार सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिए । दुई दिनमा ५४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको उनको भनाइ छ ।

शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताए । शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो ।

ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोगमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए ।

गत बिहीबार तमानखोला गाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट आठ सय जनाले सेवा लिएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ०५ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका