जब मुसाको कानून बिरालोले लेख्छ... | Khabarhub Khabarhub

जब मुसाको कानून बिरालोले लेख्छ…



छोरा : बुबा, आजदेखि मैले चुरोट खान छोडेँ
बुबा : स्याबास छोरा, राम्रो गरिछस्।
छोरा : मैले रक्सी पनि खान छोडेँ।
बुबा : ओहो, अति राम्रो बाबु।
छोरा : मैले झगडा गर्न पनि छोडिसकेँ नि बुबा।
बुबा : धन्य, छोरा अब के गर्ने विचार छ त ?
छोरा : बुबा, अब मैले मेरो झुट बोल्ने बानी पनि छोडौँ कि भन्ने विचार गरेको छु।

यदि अहिलेको बानी सानामा पनि सक्कल बमोजिम नक्कल थियो भने पिता मुक्तिराम र बालक छबिलालबीच यस्ता संवाद दर्जनौँपल्ट भएको अनुमान गर्न सकिन्छ। एक्काइसौँ शताब्दीको सभ्य समाज अनि नेपालका झण्डै तीन करोड जनताको भाग्य निर्माता बनेका तिनै छबिलाल शक्तिशाली प्रचण्ड भइसक्दा पनि उनको बोली पानीमा उतारेको चित्रजस्तै छ।

सत्तामा नरहेका प्रचण्ड चर्चाका केन्द्र किन बनेका हुन् भने समयक्रमले आस र त्रासको राजनीतिक गोलचक्करका प्रखर खेलाडी उनैलाई बनाएको छ। मानिसले एक शब्द बोल्नु पर्‍याे भने उसका ७२ वटा अंग सक्रिय हुनुपर्छ । हो, अब त्यो बोली कति सार्थक र कति निरर्थक बनाउने उभित्रको इमान्दारीको प्रश्न हो। जतिबेला पृथ्वी चेप्टो भन्ने मान्यता थियो, ग्यालिलियोले घोषणा गरिदिए- हैन पृथ्वी गोलो छ। पृथ्वी चेप्टो भनेर स्वीकार्न बारम्बार आग्रह गरियो तर उनी आफ्नो भनाइमा टसमस भएनन्। अन्त्यमा रोज्नुपर्ने यस्तो घडी आयो- मृत्यु कि चेप्टो पृथ्वी ? उनी मृत्यु स्वीकार्न तयार भए, पृथ्वीलाई चेप्टो भनेनन्। ग्यालिलियोको भौतिक शरीर संसारमा नभएको धेरै भयो। आखिर पृथ्वी गोलो प्रमाणित भयो। त्यही अडानको परिणाम ग्यालिलियो कहिल्यै नअस्ताउने ग्रह भएर बाँचिरहे।

मानिसले एक शब्द बोल्नु पर्‍याे भने उसका ७२ वटा अंग सक्रिय हुनुपर्छ। हो, अब त्यो बोली कति सार्थक र कति निरर्थक बनाउने उभित्रको इमान्दारीको प्रश्न हो।

अब रेडियोभित्र साना मान्छे हुन्छन् र झिंगाले घडीको काँटा चलाउँछ भनेर मान्छे अल्मल्याउने दिन गए। बेलुका सुतेको मानिस बिहान संसारभर फैलिएको प्रविधि र गतिसँग मिल्न सकेन भने उ विक्रम टेम्पो हुनपुग्छ। जेलनेल खाएको, प्रवास बसेको, अर्काको काँक्रा चोर्दा काँडाले दर्फ-याएको खतलाई तानाशाहीको निसानी भन्दै झुटको खेती आफ्नै लागि आत्मघात हुन्छ। बहादुरी गर्ने जो कसैले जहाँ पनि झण्डा गाड्न सक्छ। भारतीय सेनामा ट्रक ड्राइभरको पृष्ठभूमि भएका अन्ना हजारे एकताका सुशासन चाहने सम्पूर्ण भारतीयका आशा केन्द्र भए।

एउटा रोगी रामदेव इच्छाशक्ति बालेर आफू मात्र चुस्त भएनन्, दीर्घ जीवन बाँड्ने सर्वस्वीकार्य दूत भएका छन्। मार्कजुकरबर्कको कुनै बेला ट्युसन पढाउने एप्स अहिले फेसबुक बनेर संसारका मानिसको अक्सिजन बन्यो। मंगलग्रहमा बस्ती बसाउने योजनाकासाथ अघि बढेका एलन मस्क प्रविधिमा मात्र नभएर विश्वको समृद्ध मुलुक अमेरिकाको राष्ट्रपति जिताउने सफल रणनीतिकार प्रमाणित भए।

विश्व हावा यता बगिरहेका बेला हामी चाहिँ सिल्क रोडमा हवाइजहाज बसाउने उल्टो दिशामा किन लागिरहेका छौं ? हामी एकथोक रोपेर अरुथोक प्राप्तिको झोला थाप्छौँ । केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई ब्यालेटमा रोपेर बुलेटमा बालेन खोज्छौँ ।

छातीमा हात राखेर भन्ने हो भने नेपालमा जनता नै छैनन्, सबै पार्टी कार्यकर्ता छन्। जनताले भए पो योग्यता, क्षमता र दक्षताको परख गर्छ, कार्यकर्ताले त छान्ने निर्देशित पात्र नै हो। कार्यकर्तासँग विवेकको दायरा एकदमै कम हुन्छ।

छातीमा हात राखेर भन्ने हो भने नेपालमा जनता नै छैनन्, सबै पार्टी कार्यकर्ता छन्। जनताले भए पो योग्यता, क्षमता र दक्षताको परख गर्छ, कार्यकर्ताले त छान्ने निर्देशित पात्र नै हो। कार्यकर्तासँग विवेकको दायरा एकदमै कम हुन्छ। रत्नपार्कमा बेच्न राखिएको ५० रुपियाँको घडीलाई त पानीमा डुबाएर विश्वसनीय भएको प्रमाणित गर्नुपर्छ भने देशका भाग्य विधाता भनिएका नेताहरु किन त्यो घडीभन्दा सस्तो बन्दैछन् ? उत्तर नभेटिएको तर सबैलाई लागेको उदेकलाग्दो प्रश्न यही हो।

कम्युनिस्ट हिँडेको बाटोलाई नै घृणा गर्ने आफ्नो चिरपरिचित रोडम्यापलाई जीवनको उत्तरार्द्धमा सच्याउँदा गिरिजाप्रसाद कोइरालाले अभूतपूर्व मलामी पाए। उनीसँग थोकमा सामान ल्याएर राजनीतिको व्यापार चलाउने थुप्रै देखिए। आफू कांग्रेस पार्टीको सभापति भएर अरु पार्टीमा आफ्नो स्वार्थको पसल खोल्ने चतु-याइँले उनी आफू त स्थापित भए तर सुनजस्तो पार्टी यसरी गिजोलियो कि कांग्रेसको सक्कली परिचय शब्दकोषबाटै हरायो। कांग्रेसको सक्कली बाटो यो है भनेर खबरदारी गर्ने कृष्णप्रसाद भट्टराई, शैलजा आचार्यजस्ता निष्ठाका धरोहरले ‘अछूत’ भएर मृत्युवरण गर्नुप-यो। भीमबहादुर तामाङ, रामहरि जोशी, ढुण्डीराज शास्त्री, चक्र बास्तोला कांग्रेसको सक्कली नाताबाट बाहिरिइसकेका छन्।

राजा मिल्काएर गणतन्त्र आएपछि सबैथोक हुन्छ भन्ने बुझेको त्यही माओवादी नेतृत्वमा पटकपटक बनेको सरकारले आफ्नै पदचाप मेट्दै हिँड्नुप-यो। धोका दिएर भित्तामा पछारेको गिरिजाप्रसाद नामको पात्रलाई तामो तुलसोका रुपमा देखाएर प्रचण्डले इमानको कथित नाटक प्रदर्शन गर्न अझै छोडेका छैनन्। राम्रा कुराहरु शास्त्रमा छन् । सबैलाई नीतिका कुरा कण्ठ छ। सामाजिक सञ्जालमा हरेकले आस्था रोपेर विश्वास फुलाउन सिकाउँछन्। घरजम बसाउन असफल भएका जीवन बाँच्ने कलाको विज्ञ छन्। घरमा एकमुठी अन्न नहुने परिकारको स्रष्टा, द्रष्टा हुन्छन्। तर मुख्य भनेको हाम्रो प्रस्थान विन्दु र गन्तव्य कहाँ भन्ने हो।

राजा मिल्काएर गणतन्त्र आएपछि सबैथोक हुन्छ भन्ने बुझेको त्यही माओवादी नेतृत्वमा पटकपटक बनेको सरकारले आफ्नै पदचाप मेट्दै हिँड्नुप-यो। धोका दिएर भित्तामा पछारेको गिरिजाप्रसाद नामको पात्रलाई तामो तुलसोका रुपमा देखाएर प्रचण्डले इमानको कथित नाटक प्रदर्शन गर्न अझै छोडेका छैनन्।

यस्तो हुनुपर्छ भन्ने सैद्धान्तिक मनचिन्ते गाथा गाएर सधैँ राज्य चल्दैन। चोरलाई पनि चोर्नु हुँदैन भन्ने थाहा छ। तर चोर्छ। मनकामना देवीको महिमा शिरोपर गरेर आफ्नो जीवन सुरु गरेका तिनै बाबुराम जन्म दिने आमालाई डोर्‍याएर मन्दिर लैजाँदा पनि आफू खुल्न सकेनन्। केबुलकारको प्रविधि हेर्न आएको भनेर पाखण्डको बिर्कोले आफूभित्रको जीनसँगै आएको विश्वासको पर्दा छोपिदिए। केपी ओलीले ईश्वर नामको शपथलाई ‘त्यो पर्दैन’ भनेर अर्को नाटक प्रहसन गरे। यसैलाई भन्छन्- पाखण्ड। राज्य सञ्चालन गर्ने नेताहरुले आफ्नो राज्यको संस्कार, संस्कृति, जनताको जीवनशैली नबुझी विवेकलाई सिद्धान्तमा घोलेर ख्वाउन खोजे भने त्यो आत्मघाती हुने निश्चित छ।

एउटा पिपलको बोट त मानिसको सामीप्य पाएन भने फैलिन सक्दैन भने मानिसलाई मानिसबाट अलग गराएर गरिने राजनीति कस्तो होला ? त्यसैले सफल हुन चाहने नेताले सनकमा चल्नु हुँदैन। कर्म-कुकर्म, अँध्यारो-उज्यालो, विवेक-व्यभिचार यिनीहरुको दूरी टाढाको छैन। कुनै न कुनै दिन त्यसको हिसाबकिताब हुन्छ। भारतकै आडभरोसामा भारतीय भूमिमा बसेर नेपालमा हिंसात्मक युद्ध छेडेका प्रचण्डले कुनैबेला भारतसँग सुरुङ युद्ध गर्ने उद्घोष गरेर जग हँसाए। त्यो भनेको आमाको कुरा मामालाई लगाएर घर झगडा चर्काउनुजस्तै हो।

एकपटक अकबरले वीरबललाई सोधे- ‘यो राज्यको सबैभन्दा शक्तिशाली को हो ?’ वीरबलले तत्काल उत्तर फर्काए- ‘हजुरको काखे छोरा।’ कसरी ? प्रमाणित गरेर तत्काल देखाउन अकबरको आदेश आयो। उनले युवराजलाई राजाको काखमा राखेर बच्चाको हात राजाको दारीमा पु-याइदिए। राजाले कुनै प्रतिवाद गरेनन्। वीरबलले राजाको ध्यान तान्दै भने- ‘महाराज, हजुरको दारीमा हात राख्ने साहस अरु कसैले गरेको भए त्यो तत्काल मृत्युको पाहुना बन्ने थियो। तर आफ्नो सन्तानको हात टाउकोमा पुग्दा पनि हजुर मुस्कुराइ रहनुभयो। अब भन्नुस्- बालक युवराजभन्दा अरु शक्तिशाली को हुन्छ ? वीरबलको उत्तरपछि राजा मौन भए।

उत्ताउलो राजनीतिको परिणाम कस्तो हुन्छ ? त्यसको सटिक उदाहरण हुन्- डा. केआई सिंह। २०१५ सालमा आफ्नो पार्टीको पक्षमा भाषण गर्दै केआई सिंहले भनेका थिए- ‘हेर्नुहोस् यो मेरो बुढो जुँगाका प्रत्येक रौँ मा १२ वटा बाघको तागत छ। त्यो कोपारा चोर पार्टी (कांग्रेस) को त्यो गणेशमान भन्ने पिलन्धरेलाई भोट किन दिने ? यो देश बिगार्न।’ परिणाम ठिक उल्टो आयो। गणेशमान सबैभन्दा बढी भोट ल्याएर जिते। हरुवामा पनि पुष्पलाल श्रेष्ठ, प्रेमबहादुर शाक्यपछि मात्र केआई सिंह आउन सफल भए।

जिन्दगी दुईदिनको हुन्छ। एकदिन तपाईंको हितमा हुन्छ, एकदिन विरुद्धमा। जुन दिन हितमा हुन्छ, त्यो दिन घमण्ड गर्नु हुँदैन। जुन दिन विरुद्ध हुन्छ, त्यो दिन संयम गुमाउनु हुँदैन। गाली सुन्न नचाहनु व्यक्तित्व पतनको पूर्वाभ्यास हो। धेरै पर जानै पर्दैन। पञ्चायती शासनका निर्विवाद बादशाह शरदचन्द्र शाहले विदेशी भूमिमा प्राण त्याग्नुपर्‍याे। उत्तरार्द्धमा  त उनमा गतिलो उपचार गर्ने क्षमता नै भएन। उनको मृत शरीरले आर्यघाटको ब्रम्हनाल छुने मौका पाएन। शेरे धनुषा भनेर ख्याती कमाएका हेमबहादुर मल्ल बितेको लोकले पत्तै पाएन। कहिले समयले त्यही व्यक्तिलाई बाघ बनाउँछ भने कहिले उसैलाई मूसो। आफू कुन धरातलमा अडिने भन्ने कर्म गर्नेहरुको हातमा भर पर्छ।

काम गर्नु भनेको पहाड सम्याउनु होइन। साँचो अर्थमा काम भनेको सहयात्रा हो। टोले नेता झोले नेताको उत्पादनले त एउटै नारा मात्र फस्टाउँछ। त्यो हो- जसले खायो उधारो, उसले जीवन सुधार्‍याे।

भगवान कृष्णले भनेका छन्- सुरक्षाको घेरा तोड किनकी सुरक्षाको घेराभित्र चोर, डाँका संरक्षित हुन्छन्। आफूभित्रको स्वधर्म कहिल्यै मर्न दिनु हुँदैन। सुन्दा पनि रमाइलो लाग्छ- मि. नटबरलाल सिनेमा बनाउँदा नटबरलालले निर्मातासँग पाँच लाख कमिसन असुलेका थिए। चन्दन तस्कर वीरपन मारिनुअघि भारतमा चन्दन तेलको मूल्य ३५ हजारबाट बढेर एक लाख पुगेको थियो। त्यसैले कर्म-कुकर्म, अँध्यारो-उज्यालो, विवेक- व्यभिचार यिनीहरुको दूरी टाढाको छैन। फिलिपिन्सका तानाशाहा फर्डिनान्ड मार्कोसकी श्रीमती ईमिल्डासँग २५ हजार जोर जुत्ता थिए। उनी एकपल्ट लगाएको जुत्ता अर्कोपल्ट लाउँदैनथिन् ।। उनी कसरी नासिइन् सबैलाई थाहै छ।

मलेसियामा सार्वजनिक शौचालय अत्यन्तै दूषित भएपछि त्यस विरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश गरेको थियो। सिंगापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम सुरु गरिएपछि सुधार आएको थियो।

थाइल्याण्डमा सडक दुर्घटना कम गराउन चालकलाई अमिलो पिरो मिसाइएको चकलेट केही वर्ष प्रयोगमा ल्याइएको छ। काम गर्नु भनेको पहाड सम्याउनु होइन। साँचो अर्थमा काम भनेको सहयात्रा हो। टोले नेता, झोले नेताको उत्पादनले त एउटै नारा मात्र फस्टाउँछ। त्यो हो- जसले खायो उधारो, उसले जीवन सुधार्‍याे।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ३३ बजे

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री शाहीले पाए सफाइ

काठमाडौं – वाइडबडी भ्रष्टाचार मुद्धामा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं – विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा

‘ह्रस्व दीर्घ’को ग्रस कलेक्स साढे १० करोड नाघ्यो, हलबाट पनि उत्रियो

काठमाडौं- भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले

‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

काठमाडौं- नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

काठमाडौं- फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा