पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : आयोग | Khabarhub Khabarhub

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : आयोग


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएकाे योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएकाे योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।

‘ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानून कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि उनले दिएको योगदान सधैँ कदरयोग्य रहेको जनाएको छ ।

मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गरिएको छ । साथै, आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ११ : ५७ बजे

फेरि बढ्न थाल्यो चिसो, तराईमा शीतलहरले जनजीवन प्रभावित

काठमाडौं – तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली

तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा

वासिङटन – संयुक्त राज्य अमेरिकाले तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द

मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त

बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौं – काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु

खार्तुम – पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड