एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै « Khabarhub

एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

 बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ ।  

उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद गर्न आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर सङ्ख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

बैंकको अनुसार सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।  यी कम्पनीको  सेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ । 

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।  

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : १७ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता