नेपाल वायुसेवा निगमको 'मकालु' जहाज अब नियमित उडानमा | Khabarhub Khabarhub

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।

जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । 

उनले भने, ‘अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।’

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ३६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका