पुष्पामा अल्लु अर्जुनले लिए ३०० करोड भारु, अरूको पारिश्रमिक कति ? | Khabarhub Khabarhub

पुष्पामा अल्लु अर्जुनले लिए ३०० करोड भारु, अरूको पारिश्रमिक कति ?


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई : दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को ट्रेलर रिलिज हुनासाथ तहल्का मच्चाइसकेको छ ।

फिल्मको संवाद ट्रेलर रिलिज भएको केही समयमै फ्यानको मुखमा झुण्डिएको छ । ट्रेलरमा रश्मिका मन्दाना, अल्लू अर्जुन र फहाद फासिलको शैलीलाई दर्शकले निकै मन पराएका छन् ।

फिल्मले चर्चा पाइरहँदा यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने चासो जनमानसमा उत्तिकै छ । यहाँ फिल्मका कलाकारले लिएको पारिश्रमिकबारे चर्चा गरिएको छ ।

‘पुष्पा २’मा फहाद फासिल भिलेन भूमिकामा देखिँदैछन् । फिल्मको पहिलो भागमा उनले दर्शकबाट राम्रै माया पाएका थिए । उनले फिल्म ‘पुष्पा २’बाट ८ करोड पारिश्रमिक लिएका छन् ।

फिल्मकी नायिका रश्मिका मन्दानाले फिल्ममा श्रीवल्लीको भूमिका निभाएकी छन् । उनले १० करोड पारिश्रमिक लिएकी छन् ।

फिल्मका शीर्ष कलाकार अल्लू अर्जुनको पारिश्रमिक सर्वाधिक छ । उनले ३ सय करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिकसँगै उनी बलिउडको सबैभन्दा महंगो अभिनेता बनेका छन् ।

उनले बलिउडका सलमान खान र शाहरुख खान जस्ता सुपरस्टारलाई पनि पारिश्रमिकको मामलामा पछि पारेका छन् ।

नायिका श्रीलीलाले ‘पुष्पा २’मा आइटम नृत्य गर्नका लागि करिब २ करोड रुपैंयाँ लिएकी छन् । उनले ‘पुष्पा’मा आइटम नृत्य गरेकी सामन्थालाई ‘रिप्लेस’ गरेकी हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ४९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका