हाम्रै कमजोरीले नेपाली विद्यार्थी भारत गएर पढ्न बाध्य छन् : मुख्यमन्त्री कार्की « Khabarhub

हाम्रै कमजोरीले नेपाली विद्यार्थी भारत गएर पढ्न बाध्य छन् : मुख्यमन्त्री कार्की


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनैतिक तथा प्रशासनिक क्षेत्रको त्रुटि र कमजोरीका कारण नेपाली विद्यार्थी सीमावर्ती भारतीय राज्यमा पढ्न जान बाध्य भएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको पुनर्संरचना’ विषयक प्रदेशस्तरीय छलफल तथा अन्तक्रियामा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

शिक्षा क्षत्रमा नेपालले बजार गुमाइरहेको पनि उनले बताए । प्राविधिक शिक्षालाई जीवनोपयोगी तथा व्यवहारिक बनाउँदै परिष्कृत र परिमार्जित गर्न सकिए प्राविधिक शिक्षालयले विद्यार्थीको अभाव खेप्नु नपर्ने धारणा राखे।

सीटीईभीटीको पुनर्संरचना गर्न ढिलाई भएको टिप्पणी गर्दै कार्कीले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर प्राविधिक शिक्षालयलाई सञ्चालन गर्न सकिने उनले बताए ।

सीटीईभीटी पुनर्संरचना उच्चस्तरीय टोलीले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले प्राविधिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले पहल लिनुपर्ने आग्रह गरेका थिए ।

उनले विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सीटीईभीटीले कार्यक्रम ल्याउनु पर्ने धारणा राखे ।

प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरूको आवागमन बढी विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यससम्बन्धी जनशक्ति उत्पादन गर्ने गरि तालिम सञ्चालन गर्न सुझाए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई ६ महिनाको सूचना प्रविधिको तालिम एवम् ल्यापटप उपलबध गराई स्वरोजगार बनाउने कार्य अगाडि बढाइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : १४ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि