अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने « Khabarhub

अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री भागसम्म लामो दूरीको मिसाइल हान्ने अनुमति आइतबार युक्रेनलाई दिए ।

राष्ट्रपति पद सकिने समयमा बाइडेनले दुई वर्षदेखि जारी युद्धमा युक्रेनको पक्षमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । अमेरिकाको उक्त निर्णयपछि बेलायत र फ्रान्सले पनि युक्रेनलाई लामो दूरीको मिसाइल दिने बताएका थिए ।

तर रसियासँग युद्ध गरिरहेको युक्रेनलाई सघाउने कुरामा अमेरिकापछिको बलियो साझेदार जर्मनीले भने लामो दूरीको मिसाइल नदिने भएको छ।

जर्मन सरकारका प्रवक्ताले उनको देश युक्रेनलाई लामो दूरीको मिसाइल नदिने पुरानै अडानमा यथावत रहेको बताएका छन् ।

जर्मन सरकारका प्रवक्तासँग सोधिएको प्रश्नमा उनले अमेरिकाले लामो दूरीको मिसाइल दिने निर्णय गरेपछि पनि आफूहरू पुरानै अडानमा रहेको बताए ।

जर्मन सरकारका प्रवक्ताले भने, ‘चान्सलरले पुरानो निर्णयमा कुनै परिवर्तन गर्नु भएको छैन, हामी लामो दूरीको मिसाइल दिँदैनौँ।’

अमेरिकापछि जर्मनी युक्रेनलाई दोस्रो ठूलो सैन्य सहयोग दिने देश हो । तर जर्मनीका चान्सलर ओलाफ शोल्त्सले युक्रेनलाई जर्मनीमा निर्मित लामो दूरीको टोरस मिसाइल नदिने निर्णय गरेका हुन् ।

अघिल्लो साता जर्मन चान्सलर ओलाफ शोल्त्स र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा वार्ता भएपछि विवाद चलिरहेको छ । युक्रेनले यस संवादप्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : १३ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी