प्रधानमन्त्री र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ७ बजेपछि भेटवार्ता भएको हो ।

उनीहरूबीच साँझ ६ बजे भेट हुने तयारी थियो । तर सभापति देउवा गृहमन्त्री रमेश लेखकसहित कांग्रेसका नेताहरूसँग आन्तरिक संवादमा जुट्दा एक घण्टा ढिला भएको हो ।

सत्तारुढ दुई दलका शीर्ष नेताबीचको भेटमा मन्त्रिपरिषद्का सदस्य हेरफेरबारे छलफल हुँदैछ । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि मन्त्री हेरफेरबारे छलफल भइरहेको खबरहबलाई बताएको छ ।

पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेको छ । यस्तोमा एमाले र कांग्रेसबाट कम्तीमा ३/३ जना मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

अर्कातिर आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदैछन् । उक्त भ्रमणमा चीनको महत्वाकांक्षी बीआरआई परियोजनालाई अघि बढाउन हस्ताक्षर हुने सम्भावना छ । यदि कांग्रेस सहमत भएको खण्डमा प्रधानामन्त्री ओली बीआरआईलाई अघि बढाउने गरी सम्झौता गरेर आउने तयारीमा छन्।

यसबारे पनि दुई नेताबीच संवाद भइरहेको बताइएको छ । बीआरआई लिँदा ऋण या अनुदान भन्नेमा विवाद छ ।

एमाले अध्यक्ष ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार १७ गते राति बूढानीलकण्ठस्थित एक घरमा कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् ।

सय दिनको प्रगति सार्वजनिक गर्दा पनि ओलीले सुरुवाती अवस्थामा सरकारले गति लिन नसकेको स्वीकारेका थिए । आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि ओली असन्तुष्ट छन् ।

दुईतिहाइ बहुमतनजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ । शक्तिशाली भएर पनि सरकारले‍ गति लिन नसकेको आलोचनाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका दुई नेताले संवाद गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : २२ बजे

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले