आज २०८१ साल पुस ३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस ३ गते बुधबारको राशिफल


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ३ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर १८ तारिख। पौष कृष्ण पक्षको तृतीया तिथि। अन्तर्राष्ट्रिय आप्रवासी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ। दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ। व्यापारको लगानी सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

वृष : दिन राम्रो छ। कला र गलाको प्रदर्शन गर्ने दिन छ। महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ। व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन सहज छ। ज्ञानको दायरा फराकिलो बन्नेछ। भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ। व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ।

कर्कट : शुभग्रहको बहुमत भएकाले अढैया शनिको दोष धेरै देखिँदैन। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग घुमघाम गर्ने दिन छ। तीर्थको लागि समय तय हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। अग्रजको सुझाव महत्तवपूर्ण बन्नेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ।

तुला : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ। आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : बिहान अप्ठेरो परिस्थिति बने पनि दिउँसोपछि सोचेको काम बन्नेछ। सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारभित्रबाट भने घाटाको जोखिम छ।

धनु : दिन राम्रो छ। थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ।

मकर : शुभग्रहको बहुमत भएकाले साढेसाती दशाको असर नहुने योग छ। कार्यशैलीमा भने परिवर्तन आवश्यक छ। कृषि क्षेत्रमा घाटा हुनेछ। पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ। संकटमा साथीको भने साथ मिल्नेछ।

कुम्भ : हरेक कुरामा झन्झट आइपर्नेछ। सानो विषयले धेरै दुःख दिने देखिन्छ। शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन्। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेको छ। व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या थप बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ११ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ