युक्रेनको आक्रमणमा रुसका वरिष्ठ सैनिक अधिकारीको मृत्यु झस्किएको रुसी सरकार « Khabarhub

युक्रेनको आक्रमणमा रुसका वरिष्ठ सैनिक अधिकारीको मृत्यु झस्किएको रुसी सरकार


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनले गराएको विष्फोटमा वरिष्ठ रुसी अधिकारी मारिएका छन्। जनरल मृत्युले रुसलाई ठुलो झस्का समेत दिएको छ। लेफ्टिनेन्ट जर्नल आइगोर किरिलोभ आवास गृहको ढोकामा पुगेपछि स्कुटरमा राखिएको विष्फोटक पदार्थ पड्किएको हो। यसअघि सोमबार मात्र युक्रेनले किरिलोभलाई रासायनिक हतियार प्रयोग गरेको आरोप लगाएको थियो।

युक्रेनी सेनाको विरुद्धमा पहिलो विश्व युद्धमा प्रयोग गरिएको क्लोरोपिक्रिन ग्यास प्रयोग गरिएको आरोप लगाएको हो। यसपछि नै युक्रेनले किरिलोभ मारेको जिम्मेवारी लिएको छ। उनको साथमा असिस्टेन्ट लोया पोलिकार्भोक पनि मारिएको रुसी सञ्चार माध्यमले जनाएका छन्।

रुसी सञ्चार माध्यमका अनुसार उनी मारिएको बम अन्यत्र कतै टाढाबाट सञ्चालित थियो। अहिले उनले प्रयोग गरेको भनिएको रासायनिक ग्यास संसारमा नै प्रतिबन्धित भएको छ। सो ग्यास प्रतिबन्ध लगाउने सम्झौतामा रुसले समेत हस्ताक्षर गरेको छ। यसको प्रयोगले युद्ध मैदानमा धेरै टाढासम्म आँखा र फोक्सोमा नकारात्मक असर गर्नेगर्छ। मे महिनामा नै युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग भएको आरोप अमेरिकाले लगाए पनि यसलाई रुसले अस्वीकार गरेको थियो।

रुसले घटनामा पश्चिमा देशहरू जिम्मेवार रहेको आरोप लगाएको छ। रुसका रक्षा मन्त्री मारिया जाकारोभाले उनको हत्यालाई एउटा अपराध भएको बताएका छन्।

रुसको अवकाश प्राप्त सैन्य प्रमुख आन्द्रेइ गरुलोयोभले अमेरिकाले अत्याचार मच्चाएको तथा त्यसको विरुद्धमा सक्रिय भएका कारण हत्या गरिएको आरोप समेत लगाएका छन्। रुसी सरकारले भने उनको मृत्युलाई आतङ्कवादी हमलाको संज्ञा समेत दिएको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्