शिक्षासहित चार वटा समितिको बैठक बस्दै « Khabarhub

शिक्षासहित चार वटा समितिको बैठक बस्दै


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् अन्तर्गत विभिन्न चार वटा समितिको बैठक आज बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनबारे छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने तयारी छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ४८ बजे

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत

नक्कली औषधि फेला परेपछि स्वास्थ्य मन्त्रालयद्वारा बजार अनुगमन, १५ भन्दा बढी फार्मेसीलाई कारबाही

काठमाडौं– सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि