बागलुङको रेशमा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण « Khabarhub

बागलुङको रेशमा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । तीन करोड ६४ लाख ६५ हजार रुपैयाँको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो ।

काठेखोला– ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ ।

बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छ भने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल बनाइएको उनको भनाइ छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाएपछि सहज हुने छ भने तत्कालै सेवा विस्तारमा पालिकाले ध्यान दिने काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए ।

गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनका लागि आधारभूत अस्पताल निर्माण गरिएको उनको भनाइ छ । आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहितको सेवा दिन पालिकाले पहल गरेको अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : १८ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा