कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट « Khabarhub

कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। १३ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको हो।

चिवनका लागि कप्तान कुशल मल्लले चौथो सफलता निकालेका हुन्। उनले १३.४ बलमा गुल्सन झाको विकेट लिएका हुन्। झा तीन बल खेलेर शून्यमा आउट भएका हुन्। चितवनका लागि तेस्रो सफलता रवि बोपाराले लिएका थिए। उनले आक्रामक ब्याटिङ गरिरहेका कर्णालीका ओपनर जयकिशन कोलसावलालाई आउट गरेका हुन्। उनले ३८ बलमा ५२ रन बनाएका थिए ।

दोस्रो सफलता शरद भेषवाकरले दिलाएका थिए। उनले जिशान मकसुदलाई १२ बलमा १४ रन बनाउँदा आउट गरेका हुन्।

चितवनका लागि पहिलो विकेट सोहेल तनवीरले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा एक बलको सामना गरेका रित गौतमलाई शून्यमै आउट गरेका हुन्। कर्णाली १४ औं ओभरको समाप्तिमा चार विकेट गुमाएर १०३ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : १३ बजे

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन