जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती « Khabarhub

जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई ब्याट्सम्यान जयकिसन कोलसावला र विलियम बसिस्टोको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो।

कर्णालीका लागि जयकिसानले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दमा सर्वाधिक ५३ रन बनाए भने बसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रन जोडे। चाडविक वाल्टनले नटआउट २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएको खेलमा गुल्सन झा र रित गौतम शून्यमा आउट भए। देव खनाल तीन रन बनाउँदा रन आउट हुँदा कप्तान सोमपाल कामीले एक बलको मात्र सामना गरे।

चितवनका लागि सोएल तनवीरले दुई विकेट हात पार्दा शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए। अब चितवनले जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ४५ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम