जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती « Khabarhub

जयकिशन र बसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौती


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई ब्याट्सम्यान जयकिसन कोलसावला र विलियम बसिस्टोको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो।

कर्णालीका लागि जयकिसानले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दमा सर्वाधिक ५३ रन बनाए भने बसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रन जोडे। चाडविक वाल्टनले नटआउट २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएको खेलमा गुल्सन झा र रित गौतम शून्यमा आउट भए। देव खनाल तीन रन बनाउँदा रन आउट हुँदा कप्तान सोमपाल कामीले एक बलको मात्र सामना गरे।

चितवनका लागि सोएल तनवीरले दुई विकेट हात पार्दा शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए। अब चितवनले जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ४५ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।