फाल्गुनन्द गोल्डकपको तयारी पूरा « Khabarhub

फाल्गुनन्द गोल्डकपको तयारी पूरा


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले १० लाख ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले पाँच लाख ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० फुटबल टोलीले सहभागिता जनाउने तय भएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका मच्छिन्द्र फुटबल क्लब, न्यू रोड टिम (एनआरटी) फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने भएका छन् ।

यस्तै आयोजकसहित विराटनगर सिटी फुटबल क्लब मोरङ, झापा–११ फुटबल क्लब झापा, न्यू स्टार क्लब सुनसरी, सहलेश युवा क्लब सिरहा र करसाङ्ग फुटबल क्लब भारत सहभागी हुने भएका छन् ।

आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन् । त्यसअनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ्ग फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।

प्रतियोगितामा विजेता र उपविजेता टोलीका अतिरिक्त सर्वोत्कृष्ट खेलाडी तथा विधागत रूपमा उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने छन् भने सर्वाधिक गोलकर्ताले १५ हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच)ले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै विधागततर्फ उत्कृष्ट ठहरिएका गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीले १० हजारका दरले पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।

विसं २०६५ देखि सञ्चालित प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालबाट स्थगन भएको थियो । ६ वर्षपछि आयोजकले प्रतियोगितालाई निरन्तरता दिन लागेका हुन् । किराँत धर्मगुरु तथा सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको साधनास्थल लब्रेकुटी, समाधीस्थल सिलौटीसहितका धार्मिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने, स्थानीय खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालित छ । प्रतियोगिताको मुख्य प्रवर्द्धक फिदिम नगरपालिका रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि आयोजकले फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गर्नुका साथै बाँसको प्रयोग गरी दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरेका छन् ।

प्यारापिटमा पाँच हजार दर्शक बस्न सक्ने आयोजकको भनाइ छ । खेलमैदानको व्यवस्थापनसहित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : २७ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा