थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू) « Khabarhub

थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू)


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा थालिएको छ। पुस १ गतेदेखि राष्ट्र बैंकले नयाँ भवनबाट सेवा सञ्चालन थालेको हो ।

यसअघि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट सेवा दिने गरिएको थियो। केन्द्रीय बैंकको सम्पति तथा सेवा ब्यवस्थापन विभागअन्तर्गतका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवा मंगलबारदेखि थापाथलीस्थित नवनिर्मित भवनबाट सुरु भएको हो ।

उक्त भवन भूकम्पपछि पुरानै अर्थात् सिंहमहलकै पुरानै स्वरुपमा बनाइएको हो । यो भवन २ अर्ब २५ करोड लागतमा बनाइएको हो।

२०७२ सालको भूकम्पले भत्किएको भवन निर्माण सकिएसँगै सेवा पनि थालिएको हो । भूकम्पबाट ढलेको राणाकालीन भवनलाई हटाएर पुरानै शैलीमा नयाँ बनाइएको हो ।

राष्ट्र बैंकका अनुसार, सहरी विकास तथा भवन निर्माण विभागले ठेक्का लगाएर यसलाई बनाएका हुन् ।

२०७५ भदौ ११ गते निर्माण सम्झौता भएको यो भवन निर्माणको ठेक्का बिलिल कन्टेक जेभीलाई दिएको थियो।

सुरुमा ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर त्यसको दोब्बर समय लगाएर निर्माण गरिएको हो । सुरुमा लागत एक अर्ब ७७ करोड अनुमान गरेर ठेक्का लगाइएको थियो । तर यो भवन २ अर्ब २५ करोडमा तयार भएको हो ।

थापाथलीमा राष्ट्र बैंकको ४२ रोपनी ३ आना २ पैसा जग्गा थियो । यहाँको नयाँ भवनमा मुख्य बैंकिङ कार्यालय, हेल्थ क्लब, सेक्युरिटी ब्लक र चमेनागृह ब्लक छन्। मूल भवन ६ तले बनाइएको छ। बाहिरी भाग पुरानो राणाकालीन सिंहमहल जस्तै बनाइएको छ ।

तस्बिरहरू : नेपाल फोटो बैंक

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १ : ०५ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती