पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य « Khabarhub

पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

जनकपुरका लागि सर्वाधिक ४५ रन जेम्स नीशमले जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनलाई अर्धशतक प्रहार गर्न ५ रन बाँकी रहँदै सुदूरपश्चिमका स्कट कुग्गेलिजनले रोके ।

सुवास कंशाकारले २४ बलमा ४ चौकाको सहयोगमा २६ रन जोडे । बाँकी चितवनका अन्य ब्याटरहरु आजको खेलमा चल्न सकेनन् ।

ओपनरद्वय लाहिरु मिलन्था र आशिफ शेख सस्तैमा आउट भए । लाहिरुले १२ र आशिफले ११ रन मात्रै जोडे ।

लाहिरु सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एलबीडब्ल्यू धरापमा परेर पवेलिएन फर्किए । आशिफ सैफ जाइबको बलमा आउट भए ।

हर्ष थाकर १२ र अरनिको यादव ११ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ दीपेन्द्रले ३ विकेट लिए । सैफ जाइबले दुई विकेट लिँदा स्कट कुग्गेलिजन र अभिनास बोहोराले समान १–१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ४१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई