पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य « Khabarhub

पहिलो क्वालिफायर : सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

जनकपुरका लागि सर्वाधिक ४५ रन जेम्स नीशमले जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनलाई अर्धशतक प्रहार गर्न ५ रन बाँकी रहँदै सुदूरपश्चिमका स्कट कुग्गेलिजनले रोके ।

सुवास कंशाकारले २४ बलमा ४ चौकाको सहयोगमा २६ रन जोडे । बाँकी चितवनका अन्य ब्याटरहरु आजको खेलमा चल्न सकेनन् ।

ओपनरद्वय लाहिरु मिलन्था र आशिफ शेख सस्तैमा आउट भए । लाहिरुले १२ र आशिफले ११ रन मात्रै जोडे ।

लाहिरु सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एलबीडब्ल्यू धरापमा परेर पवेलिएन फर्किए । आशिफ सैफ जाइबको बलमा आउट भए ।

हर्ष थाकर १२ र अरनिको यादव ११ रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ दीपेन्द्रले ३ विकेट लिए । सैफ जाइबले दुई विकेट लिँदा स्कट कुग्गेलिजन र अभिनास बोहोराले समान १–१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ४१ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम