कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्रीको आग्रह  « Khabarhub

कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्रीको आग्रह 


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टीकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डीपीआर निर्माण गरेर योजना अघि बढाएको छ ।

यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए । कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताए । कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारलेसमेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गरे ।

कतारी राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए । कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए ।

उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्न सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ०४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना