एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई | Khabarhub Khabarhub

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ । महाधिवेशन भएको साढे पाँच महिनापछि स्थायी कमिटी बैठकमार्फत नेताहरूको जिम्मेवारी बाँडफाट गरेको हो ।

झलनाथले मागेकै विभाग पाएका छन् भने संगठन विभागमा विवाद रहेका कारण पुरानै नेता बेदुराम भुसाललाई संगठन विभागको जिम्मेवारी दिएको छ। संगठन विभागमा विशेषत महासचिव घनश्याम भुसाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको दाबी थियो तर दुवै नेता नपरेर पुरानै नेता भुषाललाई विभागको जिम्मेवारी दिएको हो ।

यसअघि विदेश विभाग प्रमुखका रूपमा रहेका खनाल उनले रोजेको विभाग पार्टी स्कुल विभागमा फर्किएका छन् । त्यसैगरी विद्यार्थी विभागको इन्चार्जको रूपमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिएको छ उनले पनि यो विभागमा बस्न इच्छा जाहेर गरेकी थिइन् ।

यस्तै प्रचार विभागमा रहेका जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला विभागमा पठाएर उनको ठाउँमा प्रकाश ज्वालालाई ल्याइएको छ। ज्वाला यस अगाडि भौतिक पूर्वाधारमन्त्री समेत भएका थिए। ज्वालाले पनि आफूलाई प्रचार विभागको जिम्मेवारी दिन पटकपटक नेतृत्वलाई दबाब दिइरहेका थिए ।

कस्लाई कुन विभागको जिम्मेवारी ?

१. स्कुल विभाग प्रमुख – झलनाथ खनाल
२. सङ्गठन विभाग प्रमुख – बेदुराम भुसाल
३. विदेश विभाग प्रमुख – प्रमेश हमाल
४. संघीय मामिला विभाग प्रमुख – घनेन्द्र बस्नेत
५. मोर्चा फाँट प्रमुख -वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे
६. सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख – उपाध्यक्ष जगन्नाथ खतिवडा
७. प्रचार विभाग प्रमुख – प्रकाश ज्वाला
८. अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज – जयन्ती राई
९. अनुगमन – महासचिव घनश्याम भुसाल
१०. कार्यालय सचिव – उपमहासचिव रामकुमार भट्टराई
११. संसदीय इन्चार्ज -उपमहासचिव गरिमा शाह
१२. युवा विभाग इन्चार्ज – लक्ष्मण केसी
१३. विद्यार्थी विभाग इन्चार्ज – रामकुमारी झाँक्री
१४. कोशी प्रदेश इन्चार्ज -उपमहासचिव राजेन्द्र राई
१५. मधेस प्रदेश इञ्चार्ज – उपाध्यक्ष धर्मनाथप्रसाद साह
१६. गण्डकी इन्चार्ज – सचिव श्रीनाथ बराल
१७. बागमती प्रदेश इन्चार्ज – उपाध्यक्ष गङ्गालाल तुलाधर
१८. लुम्बिनी इञ्चार्ज – उपाध्यक्ष मेटमणि चौधरी
१९. कर्णाली इन्चार्ज -सचिव चन्द्रबहादुर शाही
२०. सुदूरपश्चिम प्रदेश इन्चार्ज – उपाध्यक्ष भानुभक्त जोशी

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ४९ बजे

इयूलाई ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न एप्पलको आग्रह

एजेन्सी – युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो

२२ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका