एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी | Khabarhub Khabarhub

एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्धन तथा लगानी विस्तार गर्न भन्दै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघले जनाएको छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार पनि घाटा कम हुने विश्वास रहेको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हाल नेपाल र दक्षिण कोरियाबीच करिब सात अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । नेपालबाट कोरियामा हाल फेल्ट, गलैँचा, धागो लगायतका परम्परागत सामान बढी जाने गरेको छ । कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवम् अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासंघले जनाएको छ ।

नेपाल-कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : ३२ बजे

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि