घट्यो माछापुच्छ्रे बैंकको नाफा, खराब कर्जामा बृद्धी « Khabarhub

घट्यो माछापुच्छ्रे बैंकको नाफा, खराब कर्जामा बृद्धी


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माछापुच्छ्रे बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्थाले पुस मसन्तसम्म बैंकको नाफा २१.४५ प्रतिशतले घटेको जनाएको छ ।

हाल बैंकको नाफा ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको जनाएको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा भने २.६२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा खराब कर्जा १.४१ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ०९ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट