त्रिविले दियो ०५८ पछि थेसिस बुुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका « Khabarhub

त्रिविले दियो ०५८ पछि थेसिस बुुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लागि मौका दिने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गत २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भइ सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिसलगायतका प्रोजेक्ट रिपोर्ट र शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको हो ।

समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई आउँदो असार मसान्तभित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय भएको त्रिविको प्राज्ञिक परिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एमफिल तहमा २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई पनि एक पटकको लागि मौका दिने भएको हो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : २७ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी