आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु « Khabarhub

आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्।

बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : १३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार