काठमाडौं- हिमालयन इन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ।
भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृति प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।
अब कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छविलाई थप उचाइमा पुऱ्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
हिमालयनले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्कासन प्रकृया पुरा गरी धितोपत्रको दोश्रो बजारमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया