थाइल्यान्डमा एक करोड ५० लाख टन लिथियम भण्डार फेला | Khabarhub Khabarhub

थाइल्यान्डमा एक करोड ५० लाख टन लिथियम भण्डार फेला


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम भण्डार फेला परेको छ । आफ्नो मुलुकमा लिथियमको भण्डार पत्ता लगाएको एक जना सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई एक करोड ४८ लाख टन लिथियमको भण्डार दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा फैलिएको जानकारी दिए ।

“हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौँ, यसमा समय लाग्छ”, उनले भने । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो । अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ ।

डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले उद्योग जगतका नेताहरूसँग भेट गरेका थिए र थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गरे । रुडक्लाओले लिथियम खोजका बारेमा भने, “यो राम्रो समाचार हो, यो थाइल्यान्डका लागि विद्युतीय सवारी बेट्रीको उत्पादनमा आत्मनिर्भर बन्ने एउटा अवसर हो ।” सन् २०२३ डिसेम्बरमा दुई चिनियाँ दिग्गजले थाइल्यान्डलाई उत्पादन केन्द्रका रूपमा विकास गर्न दुई अर्ब ३० करोड भाट (छ करोड ४० लाख अमेरिकी डलर) लगानी गर्ने बताएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ३९ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको