थाइल्यान्डमा एक करोड ५० लाख टन लिथियम भण्डार फेला « Khabarhub

थाइल्यान्डमा एक करोड ५० लाख टन लिथियम भण्डार फेला


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम भण्डार फेला परेको छ । आफ्नो मुलुकमा लिथियमको भण्डार पत्ता लगाएको एक जना सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई एक करोड ४८ लाख टन लिथियमको भण्डार दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा फैलिएको जानकारी दिए ।

“हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौँ, यसमा समय लाग्छ”, उनले भने । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो । अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ ।

डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले उद्योग जगतका नेताहरूसँग भेट गरेका थिए र थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गरे । रुडक्लाओले लिथियम खोजका बारेमा भने, “यो राम्रो समाचार हो, यो थाइल्यान्डका लागि विद्युतीय सवारी बेट्रीको उत्पादनमा आत्मनिर्भर बन्ने एउटा अवसर हो ।” सन् २०२३ डिसेम्बरमा दुई चिनियाँ दिग्गजले थाइल्यान्डलाई उत्पादन केन्द्रका रूपमा विकास गर्न दुई अर्ब ३० करोड भाट (छ करोड ४० लाख अमेरिकी डलर) लगानी गर्ने बताएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ३९ बजे

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण