खप्तडछेडेदह गाउँपालिकामा बजार अनुगमन « Khabarhub

खप्तडछेडेदह गाउँपालिकामा बजार अनुगमन


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको खप्तडछेडेदह गाउँपालिकामा पसलहरूको अनुगमन गरिएको छ। मापदण्ड अनुसार पसल चले नचलेको बरेमा प्रत्येक महिना पसल अनुगमन गरिँदै आएकोमा यस महिना पनि बजार अनुगमन गरिएको हो।

गाउँपालिकामा १ नम्बरदेखि ७ नम्बर वडासम्मका करिव ३ सय किरान पसलमा गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथको संयोजकत्वमा अनुगमन गरिएको बताइएको छ।

अनुगमन टोलीमा उपप्रमुखसँगै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु कार्यालयका प्रतिनिधि, उद्योग वाणिाज्य संघका प्रतिनिधि, प्रहरी, गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा प्रमुखलगायत सहभागी थिए।

अनुगमनको क्रममा म्याद सकिएका, अवैध कारोबार गर्ने, अवैध सुर्तिजन्य बिक्री वितरण गर्नेलाई एक हप्ता पसल बन्द गराएर प्रक्रिया पुरागरेपछिमात्र सञ्चालन गर्न आग्रह गरिएको उपाध्यक्ष नाथले बताइन्। आगामी दिनमा नयाँ ब्यापार व्यवसाय गर्न चाहानेहरूलाई पनि उनले प्रक्रिया पुरा गरेरमात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन्। माघ ३ गतेदेखि बजार अनुगमन थालिएको थियो।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : १५ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन