खप्तडछेडेदह गाउँपालिकामा बजार अनुगमन « Khabarhub

खप्तडछेडेदह गाउँपालिकामा बजार अनुगमन


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी – बाजुराको खप्तडछेडेदह गाउँपालिकामा पसलहरूको अनुगमन गरिएको छ। मापदण्ड अनुसार पसल चले नचलेको बरेमा प्रत्येक महिना पसल अनुगमन गरिँदै आएकोमा यस महिना पनि बजार अनुगमन गरिएको हो।

गाउँपालिकामा १ नम्बरदेखि ७ नम्बर वडासम्मका करिव ३ सय किरान पसलमा गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथको संयोजकत्वमा अनुगमन गरिएको बताइएको छ।

अनुगमन टोलीमा उपप्रमुखसँगै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु कार्यालयका प्रतिनिधि, उद्योग वाणिाज्य संघका प्रतिनिधि, प्रहरी, गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा प्रमुखलगायत सहभागी थिए।

अनुगमनको क्रममा म्याद सकिएका, अवैध कारोबार गर्ने, अवैध सुर्तिजन्य बिक्री वितरण गर्नेलाई एक हप्ता पसल बन्द गराएर प्रक्रिया पुरागरेपछिमात्र सञ्चालन गर्न आग्रह गरिएको उपाध्यक्ष नाथले बताइन्। आगामी दिनमा नयाँ ब्यापार व्यवसाय गर्न चाहानेहरूलाई पनि उनले प्रक्रिया पुरा गरेरमात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन्। माघ ३ गतेदेखि बजार अनुगमन थालिएको थियो।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : १५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने