दुम्कीवास–त्रिवेणी सडकले विकासको ढोका खोल्नेछ : मुख्यमन्त्री पाण्डे « Khabarhub

दुम्कीवास–त्रिवेणी सडकले विकासको ढोका खोल्नेछ : मुख्यमन्त्री पाण्डे


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास–त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशमा आर्थिक विकासको ढोका खोल्ने दाबी गरेका छन् ।

आज नवलपरासी–बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकाको वगुवन र त्रिवेणी क्षेत्रको स्थलगत भ्रमणपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताए ।

“दुम्कीवासबाट त्रिवेणी जोड्ने बाटो निर्माण प्रक्रिया सुरु गर्न आवश्यक समन्वय भइरहेको छ”, उनले भने , “बाटो निर्माणका लागि बजेट अभाव हुँदैन, प्रदेशले पनि बजेटको प्रबन्ध गर्छ, सङ्घ सरकारले पनि पर्याप्त बजेट छ भनेको छ ।”

गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको त्रिवेणी–कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदासूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री पाण्डेले त्रिवेणी भन्सार नाकालाई चलायमान बनाउन आवश्यक तयारी गर्न निर्देशन दिए । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्र नाका त्रिवेणी भएकाले यसलाई पूर्णरूपमा उपयोग गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए। “त्रिवेणी भन्सार कार्यालयलको व्यवस्थापन र सीमा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि प्रदेशबाट आवश्यक पहल हुनेछ”, उनले भने, “त्रिवेणी–कोरोला मार्ग सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।”

अनुगमनमा मुख्यमन्त्री पाण्डेसहित कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीलगायत थिए । विनयी–त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उत्तरमा पाल्पाबाट दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिकाको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ४४ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु