आज २०८० साल फागुन ७ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन ७ गते सोमबारको राशिफल


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ७ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १९ तारिख। माग शुक्ल पक्षको दशमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। यात्रा रमाइलो हुनेछ। धार्मिक क्षेत्रको भ्रमणले मनमा खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : उदय चन्द्रमा भएकाले आर्थिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफल हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको घुमघाममा खर्च बढ्नेछ।

मिथुन : दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। परोपकार गर्ने प्रयास गर्नुहोला। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेश यात्रा फलदायी हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : समय राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक क्षेत्रमा आरोप सुन्नुपरे पनि साथीको सहयोग रहनेछ। परिवारमा बढी विश्वास गर्नाले धोखा हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह : दैनिकी राम्रो छ। राजनीतिक क्षेत्र सबल छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको पूर्व योजना सार्वजनिक नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गठको फन्दामा पर्ने जोखिम देखिन्छ।

कन्या : समय राम्रो छ। हाँसीमजाक गर्ने बानीले समस्या पर्नसक्छ। सानो भनेर समस्या छाड्नु गलत हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट मान सम्मान प्राप्त हुनेछ। विरोधी साथी शान्त छन्। परोपकार गर्नु फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। शनिदेवको छाया रहेको कारण आफ्नै बोलीले आफन्त टाढिने छन्। हनुमानको पूजा गर्नाले दिन सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध राम्रो छ।

धनु : साथी सकारात्मक छन्। धर्म, अर्थ र सामाजिक क्षेत्रमा अब्बल हुनुहुन्छ। प्रतिस्पर्धी भनेकाले पनि साथ दिनेछन्। पारिवारिक सम्बन्धमा सुख शान्ति मिल्नेछ।

मकर : समय सामान्य छ। सामाजिक क्षेत्रमा विरोधका स्वर गुन्जिने छन्। आर्थिक क्षेत्रमा झुक्याउने साथी धेरै छन्। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। जन्म कुण्डलीमा शनिदेव तीन, छ र ११ मा स्थानमा बसेको भए काम बन्नेछ। त्यो नभए व्यवहारमा धेरै समस्या हुनसक्छ। परिवारको विश्वास गुम्ने खतरा देखिन्छ।

मीन : दिन राम्रो छ। आर्थिक उन्नति हुने दिन हो। उन्नतिको प्रशंसा अरुले गरेको सुन्नुपर्नेछ। लगानी गरेको क्षेत्रबाट आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ०० बजे

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो

मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

एजेन्सी– सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव

उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी