नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि, २५ सय बढी प्रतिनिधि सहभागी हुने « Khabarhub

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि, २५ सय बढी प्रतिनिधि सहभागी हुने


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सुरु हुने बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति तथा कार्यक्रम, महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।

यस्तै, अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल गरी निष्कर्ष निकालिने छ ।

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि सहभागी हुनेछन् । २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य संघीय राजधानी काठमाडौँ आइपुगेका छन् ।

बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।

प्रतिनिधिको आधिकारिक संख्या २ हजार एकसय ५ भए पनि २५ सयको हाराहारी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । सहभागीले आवासको व्यवस्था आफैँले गर्नुपर्ने छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : १८ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत