विश्वकप लिग–२ : कीर्तिपुर मैदानमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै « Khabarhub

विश्वकप लिग–२ : कीर्तिपुर मैदानमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ।

नेपाल यात्रामा रहेको नामिबियाले पहिलो खेलमा नेपालमाथि जित निकालेर सुखद् सुरुवात गरेको छ। नेदरल्याण्ड्स भने आज पहिलो जितको खोजीमा हुनेछ। नेदरल्याण्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो।

लिग २ अन्तर्गत नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलिसकेको छ। दुई खेल खेलेको नेपालले पहिलो खेलमा नामिबियासँग चार विकटको पराजय भोगेको छ भने नेदरल्याण्ड्समाथि ९ विकेटको शानदार जित निकालेको छ।

लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्।

आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

पहिलो खेलमा नेपाल
बिहीबार (फागुन ३ गते) कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल चार विकेटले पराजित भएको थियो। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा पूरा गरेको थियो। बलिङमा नेपालका सोमपाल कामीले तीन, ललित राजवंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिएका थिए।

पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो। दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भएका थिए। कप्तान रोहित पौडेल एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भएका थिए।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन मात्र बनाएका थिए। सोमपाल कामी २ रनमा आउट भएका थिए भने गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए। करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहेका थिए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट हात पारेका थिए।

दोस्रो खेलमा नेपालको शानदार जित

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध फागुन ५ गते शनिबार भएको खेलमा नेपाल ९ विकेटको जित निकालेको थियो। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टाएको थियो।

नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक बनाएका थिए। ३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए। त्यसैगरी, ४५ बल खेलेका आशिफ शेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए। यो खेलमा ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा समेटियोको थियो। नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिएका थिए।

खेल तालिका
फागुन ७ गते सोमबार- नामिबिया र नेदरल्याण्ड्स
फागुन ९ गते बुधबार- नेपाल र नामिबिया
फागुन ११ गते शुक्रबार- नामिबिया र नेदरल्याण्ड्स
फागुन १३ गते आइतबार- नेपाल र नेदरल्याण्ड्स

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : ३८ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने