त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल व्यक्ति नियुक्त गर्न खोजियो : ओली  « Khabarhub

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल व्यक्ति नियुक्त गर्न खोजियो : ओली 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन् ।

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन् । उनले वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताए ।

 प्रजातान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न खोज्दा एमाले सरकारलाई सरकारमा रहेका र प्रतिपक्षीहरूले सहयोग नगरेको उनले बताए  । ओलीले मुलुकमा केही थिति बसालेपनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको बताए ।

त्यस्तै उनले गैर सहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताए । नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बदनाम भएको उनले बताए ।  

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ५९ बजे

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।