त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल व्यक्ति नियुक्त गर्न खोजियो : ओली  « Khabarhub

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल व्यक्ति नियुक्त गर्न खोजियो : ओली 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन् ।

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन् । उनले वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताए ।

 प्रजातान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न खोज्दा एमाले सरकारलाई सरकारमा रहेका र प्रतिपक्षीहरूले सहयोग नगरेको उनले बताए  । ओलीले मुलुकमा केही थिति बसालेपनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको बताए ।

त्यस्तै उनले गैर सहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताए । नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बदनाम भएको उनले बताए ।  

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ५९ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’