सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली « Khabarhub

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे ।

सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो । 

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए। 

फरक प्रसङ्गमा अध्यक्ष ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य र क्षमतावान व्यक्ति नियुक्ति गरिनुपर्ने खाँचो रहेको औँल्याए । उपकुलपतिमा भागबन्डा नगरी उपयुक्त व्यक्ति नियुक्त गरिनुपर्ने उनको भनाइ थियो ।

नेपालमा अझै पनि प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासको खडेरी रहेको जिकिर गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले बसालेको लोकतान्त्रिक थितिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ४३ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत