मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बागमती सबैभन्दा खराब « Khabarhub

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा बागमती सबैभन्दा खराब


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो ।

सार्वजनिक नतिजा अनुसार नकारात्मकबाट बागमती पहिलो, मधेश दोस्रो र कोशी तेस्रो छन्। त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा आएका छन्।

सन् १९९२ देखि वर्ष पुस्तक निकाल्दै आएको इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन सूचकाङ्क समेटेको यो नै पहिलो रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए।

शारीरिक हिंसा प्रतिबिम्बित हुने मानव अधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा ८५.२४ अङ्कसहित बागमती सबैभन्दा खराब अवस्थामा छ।

मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, कर्णालीको ३१.२५, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१ अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ०९ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत