अबको पत्रकारिता जनमुखी हुनुपर्छ : उपसभामुख राना « Khabarhub

अबको पत्रकारिता जनमुखी हुनुपर्छ : उपसभामुख राना


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका परिपूरक भएको बताएकी छन् । उनले अबको पत्रकारिता जनमुखी हुनुपर्ने उल्लेख गरिन् ।

सुनसरीको इटहरीस्थित ‘नयन एड्भर्टाइजिङ मिडिया प्रालि’द्वारा सञ्चालित ‘प्रदेश खबर’को पहिलो वार्षिकोत्सव कार्यक्रममा उपसभामुख रानाले हरेक ठाउँमा पत्रकारको अहम भूमिका रहने बताइन्।

“पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका परिपूरक हुन्”, उनले भनिन् “पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो । खासगरी पत्रकारिताका माध्यमबाट भ्रष्टाचार न्यूनिकरण गर्न मद्दत पुग्छ ।”

कार्यक्रममा कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकारलगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा, कृष्णविनोद लम्साल, भवानी बराल, शिबबहादुर कार्की, चन्द्र भण्डारी, कृष्ण आचार्य, कौशल चेम्जोङ र सञ्जय सन्तोषी राईलाई सम्मान गरिएको थियो । उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार, २०८० बाट राससकर्मी प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी र टीका खतिवडा तथा सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन्। उनीहरुलाई जनही ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु¥याएको भन्दै नारायण पौडेल र दीपक थापालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएका आरबी कटवाललाई पनि सम्मान गरिएको थियो ।

प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले क्रियाशील पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुशीको कुरा भएको बताए । प्रदेश खबरले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर विभिन्न प्रदेशका कार्यक्रम सम्प्रेषण गर्दै आएको उनको भनाइ थियो । पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै आफूहरूले सत्य, तथ्य र निष्पक्षरुपमा पत्रकारिता गर्दै आएको उनले उल्लेख गरे।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ४८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।