गठबन्धन नगरे केही दलको अस्तित्व समाप्त हुन्छ : ओली « Khabarhub

गठबन्धन नगरे केही दलको अस्तित्व समाप्त हुन्छ : ओली


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नगरे केही दलहरुको अस्तीत्व समाप्त हुने बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले केही दलहरुलाई अस्तीत्व जोगाउन मुस्किल परेको भन्दै उनीहरुले गठबन्धनको साहारा लिइरहेको बताएका हुन् । एमालेको लडाई भने अस्वीत्वका लागि नभई समृद्धि नेपाल सुखी नेपाली बनाउन लडिरहेको उनले बताए ।

ओलीले कांग्रेस हेर्दाहेदै बुढो भएको र आफ्नो सहारामा एक्लै उभिन नसक्ने अवस्थामा पुगेको तर्क गरे । नेकपा फुटेकोमा आफुलाई अपजस लगाउने गरेको भन्दै उनले तत्कालिन अवस्थामा प्रचण्डले निर्वाचन आयुक्तसंग मिलेर सरकार बनाउन नदिने षडयन्त्र गरेको जिकिर गरे । ओलीले आफ्नो प्रयासमा पार्टी एकता गरेको र जोगाउने भरपुर कोशीस गरेपनि बाह्य खेलका कारण नेकपा फुटेको बताए ।

आफुलाई बामपन्थी एकता विरोधी भन्ने भाष्य सिर्जना गर्न गर्न खोजिएको भन्दै उनले आफु अहिले पनि एकतामा विश्वास गर्ने उल्लेख गरे । यद्दपी एकताका लागि नाजायज माग स्वीकार्य नहुने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता–कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ०२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा