नागरिक अधिकारको कार्यान्वयनका लागि दण्डहीनता अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

नागरिक अधिकारको कार्यान्वयनका लागि दण्डहीनता अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरे पनि राजनीतिक अस्थिरता, सुशासनको अभाव र दण्डहीनताले त्यसको कार्यान्वयनमा चुनौती रहेको बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’को आज यहाँ विमोचन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयलाई पनि मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै सशस्त्र द्वन्द्वपीडितले अहिले पनि न्याय नपाएकामा चिन्ता व्यक्त गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आग्रह गर्दै भनिन्, “पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नेतर्फ सबैका ध्यान जानु पर्दछ ।”

कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेलले संविधानमा रहेको मौलिक हक र नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार शासक होइन सेवक हुनुपर्ने बताए । कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नेपाल मानव अधिकार वर्ष पुस्तक इन्सेकको मात्र सम्पत्ति नभएको बताए ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको विषयमा चासो राख्ने सबैका लागि साझा दस्तावेज भएको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ४५ बजे

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।