कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर | Khabarhub Khabarhub

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसारमा एकपछि अर्को महामारी


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका धेरै देश कोरोना भाइरसका कारण यसै समयमा आक्रान्त थिए। चार वर्षपछि पुराना यादले धेरै देशका धेरै जनालाई सताउन थालेको छ। अहिले विश्व स्वास्थ्य सङ्गठनले महामारी कालको अन्त्य भएको घोषणा गरेको छ। तर महामारी त्यत्तिकै हामीबाट बिदा भने भएन। चार वर्षको अन्तरालमा ७० लाख भन्दा धेरै जनाको ज्यान गएको औपचारिक तथ्यांक नै छ। विगतमा भएका अन्य महामारीको समय भन्दा चाँडो नै भ्याक्सिनका कारण महामारी छिटो हाम्रो बिच बाट गएको थियो।

कोरोनाको त्रास घटे पनि भाइरसको सङ्क्रमणको समस्याबाट भने संसारले पार पाउन सकेको छैन। हालै अमेरिकाको स्ट्यान्फोर्ड विश्व विद्यालय र एमोरी विश्वविद्यालयमा एउटा नयाँ अध्ययन भएको छ। सो अध्ययनका अनुसार कोरोना र अन्य भाइरसको सङ्क्रमणको दर बढेको भए पनि सङ्क्रमण पछिको भाइरल लोड घट्न थालेको छ।

पछिल्ला दिनमा कोरोनाको एकदमै सामान्य असर देखिन थालेको छ। एमोरी विश्वविद्यालय असिस्टेन्ट प्रोफेसर मार्लेन उल्फका अनुसार धेरै सकारात्मक नतिजा देखिएका छन्। वेस्ट वाटर डेटाले कोभिड सामान्य बन्दै गइरहेको तथ्य फेला पारेको हो।

पछिल्ला दिनमा कोरोनाको एकदमै सामान्य असर देखिन थालेको छ। एमोरी विश्वविद्यालय असिस्टेन्ट प्रोफेसर मार्लेन उल्फका अनुसार धेरै सकारात्मक नतिजा देखिएका छन्। वेस्ट वाटर डेटाले कोभिड सामान्य बन्दै गइरहेको तथ्य फेला पारेको हो। अमेरिकाको हकमा फेला परेको तथ्य के हो भने जाडो याममा पिकमा पुगेको इन्फ्लुएन्जा ए अहिले धेरै तल झरीसकेको छ। इन्फ्लुएन्जा बी भने बढेको छ।

फेब्रुअरी महिनामा परीक्षण गराउने मध्य कममा मात्र इन्फ्लुएन्जा बी फेला परेको थियो भने मार्च महिनाको अहिलेसम्मको समयमा इन्फ्लुएन्जा बी ६६ प्रतिशतमा देखिएको छ। यो तथ्यांक वेस्ट वाटर स्क्यानको आधारमा तयार भएको हो।

इन्फ्लुएन्जा ए र बी फरक समयमा पिकमा पुग्नु सामान्य हो। परन्तु गत वर्ष बि भने वर्षभरी अस्थिर रहेको थियो। अहिले इन्फ्लुएन्जा बी पनि अमेरिकामा एकदम सामान्य बनिरहेको छ।

उल्फ्सकै अनुसार अमेरिकामा यो वर्ष ह्युमन पाराएन्फ्लुएन्जा तथा पाराएन्फ्लुएन्जा पनि सिजनकै पिकमा पुगेको छ। यो भाइरसका कारण ज्वरो आउने, नाक चिसो हुने, कफ आउने, सिँगान बग्ने तथा घाँटी दुख्ने लगायतका समस्या आउने गरेका छन्।

नोभेम्बरमा पिकमा पुगेको यो सङ्क्रमण अहिले फेब्रुअरीमा फेरि पिकमा पुगेको हो। यो अझै ओरालो लागिसकेको छैन। अमेरिकाको वेस्ट वाटर स्क्यानले मध्य पश्चिम, उत्तर पूर्व र दक्षिणमा परीक्षण गर्दा ५५ प्रतिशत यसबाट सङ्क्रमित भएको फेला पारेको थियो।

वेस्ट वाटर डेटालाई हेर्दा अमेरिकाको आधिकारिक निकाय सेन्ट्रल फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को तथ्याङ्कसँग धेरै मिल्दो जल्दो नै छ। पाराएन्फ्लुएन्जा टाइप थ्री अहिले बढी रहेको छ।

क्वीनीपीयाक विश्वविद्यालयमा काम गरिरहेकी क्लिनिकल प्रोफेसर श्रीपीपरीडीसका अनुसार अहिले चिकित्सकसम्म यसको असरबाट प्रताडित बिमारी धेरै आउने गरेका छन्।

अहिले अमेरिकामा नै भने स्टोम्याक फ्लु तथा बगको सङ्क्रमण बढी रहेको छ। मार्च लागेयता नै बढेर यो अहिले पिकमा पुगेको हो। अमेरिकामा एक वर्षमा ५८ प्रतिशतसम्म यो समस्याले पीडित हुने अवस्था छ।

सीडीसीका अनुसार ह्युमन पाराएन्फ्लुएन्जा प्राय युवा र बच्चामा देखिने श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण हो। कहिले कहीँ भने पारा इन्फ्लुएन्जाले ब्रोनक्राइटिस र निमोनिया जस्ता समस्या पनि निम्त्याउन सक्छन्।

श्रीपीपरीडीसका अनुसार यसको सङ्क्रमणले भोकल कर्ड, विन्ड पाइप र ब्रोनकाइल ट्युब लगायतमा समस्या आउन थाल्छ। अन्य उमेर समूह भन्दा दुईदेखि ५ वर्षको बच्चालाई यसले धेरै गम्भीर लक्षण पनि देखिन सक्छ । यसको कुनै भ्याक्सिन तथा एन्टी भाइरल औषधी अहिलेसम्म तयार भएको छैन।

अहिले अमेरिकामा नै भने स्टोम्याक फ्लु तथा बगको सङ्क्रमण बढी रहेको छ। मार्च लागेयता नै बढेर यो अहिले पिकमा पुगेको हो। अमेरिकामा एक वर्षमा ५८ प्रतिशतसम्म यो समस्याले पीडित हुने अवस्था छ। खानेकुराकै कारण यो समस्या बढ्न सक्छ।
सीडीसीका अनुसार नोभेम्बरदेखि अप्रिलको बिचमा यो भाइरसको समस्या धेरै देखिने गर्छ। अहिले यसको नयाँ स्ट्रेन देखिएका कारण ५० प्रतिशतसम्मलाई असर गर्ने सम्भावना देखिएको छ। यो भाइरसको कारण १ लाख जना सङ्क्रमित हुने तथा ९ सय जनाको ज्यान जान सक्नेछ। हरेक वर्ष यसरी ज्यान गुमाउने मध्य ६५ वर्ष उमेर पार गरेका धेरै छन्। यसको असर हुने भनेको वान्त हुने, झाडा लाग्ने तथा पेट दुख्ने हो।

यसको उपचार भनेको नियमित रूपमा मापदण्ड अपनाउनु नै हो। यसको पनि कुनै भ्याक्सिन या एन्टी भाइरल तयार भएको छैन। यसको सुरक्षाका उपाय पनि अन्य भाइरल उपाय जस्तै हो। खानामा ध्यान दिने तथा नियमित साबुनले हात धुने नै हो। गर्मी याम आउँदै गर्दा देखिने अर्को समस्या रोटा भाइरस हो। यसले पनि धेरै बच्चालाई नै सताउने गर्छ। सेप्टेम्बर महिनामा अत्यन्त तल्लो तहमा झरेको यो सङ्क्रमण अहिले बढेको हो।

रोटा भाइरसले बच्चामा वान्त आउने छ भने धेरै झाडा लागेर बच्चालाई गलाउन सक्छ। यस्तो अवस्था आएमा बच्चालाई अस्पताल भर्ना गर्नुको कुनै विकल्प नै हुँदैन।

चापम्यान युनिभर्सिटी स्कुल अफ फार्मेसीका एसोसिएट डिन प्राध्यापक जीयफ गडका अनुसार कोभिड–१९ को उत्पत्ति पछि इन्फ्लुएन्जा बी जस्तै रोटा भाइरसको असर वैकल्पिक वर्षको रूपमा देखिने गरेको छ। गोएड यस समस्यालाई अझ ध्यान दिएर हेर्नुपर्ने बताउँछन्।

रोटा भाइरसले बच्चामा वान्त आउने छ भने धेरै झाडा लागेर बच्चालाई गलाउन सक्छ। यस्तो अवस्था आएमा बच्चालाई अस्पताल भर्ना गर्नुको कुनै विकल्प नै हुँदैन। रोटा भाइरसका कारण अमेरिकामा हरेक वर्ष दुई लाखदेखि ५ लाख बच्चा इमर्जेन्सीमा भर्ना भएको उदाहरण छन्। ३ महिनादेखि तीन वर्ष बिचको बच्चालाई नै धेरै जोखिम रहेको जनाइएको छ। युरोपमा पनि सरुवा रोगका सङ्क्रमण यस बिचमा बढी रहेको छ। यसरी बढेका सङ्क्रमणमा कोभिड-१९ , कोलेरा र एभियन इन्फ्लुएन्जा पनि छन्।

अमेरिकाको आधिकारिक निकाय सीडीसीले पनि फेब्रुअरी महिनामा नै भाइरल सङ्क्रमण अझ फेरि एक पटक पिकमा पुग्न सक्ने चेतावनी दिइसकेको थियो। यसरी हुने भाइरल सङ्क्रमणमा श्वासप्रश्वास सम्बन्धी समस्या नै सबै भन्दा धेरै हुने चेतावनी दिइएको थियो।

यो वर्षको जाडोमा भने अमेरिकामा गत वर्षको तुलनामा कम क्षति भएको छ। यो अध्ययन अमेरिकाको भए पनि भाइरल सङ्क्रमण र श्वासप्रश्वास सम्बन्धी रोग संसारको समस्या हो। यस कारण यो समस्या निराकरणका लागि सबै सचेत हुनुको विकल्प छैन।
स्रोत : युएसए टुडे, सीडीसी, युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ४५ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन