पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई « Khabarhub

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । गएराति कराँचीस्थित नेशनल क्रिकेट रङ्गशालामा भएको खेलमा मुल्तान सुल्तानलाई दुई विकेटले हराउँदै इस्लामावादले उपाधि जितेको हो ।

मुल्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य इस्तामावादले अन्तिम बलमा आठ विकेट गुमाएर पूरा गर्‍याे ।

इस्तामाबादका मार्टिन गप्टिलले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी, अजाम खानले ३०, इमाद वासिमले १९, कोलिन मुनरो र नसिम शाहले १७–१७ तथा आगा सलमानले १० रन जोडे ।

मुल्तान सुल्तानका खुसदिल शाह र इफ्तिखर अहमदले दुई–दुई तथा डेविड विली, मोहम्मद अली र उस्मान मिरले एक–एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

मुल्तानका उस्मान खानले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै, इफ्तिखर अहमदले अविजित ३२, कप्तान मोहम्मद रिजवानले २६ र खुसदिल शाहले ११ रन जोडे। इस्लामावादका लागि इमाद वासिमले पाँच तथा शदाब खानले तीन विकेट लिए ।

इस्लामावादको यो तेस्रो पीएसएल उपाधि हो । यसअघि सन् २०१६ र २०१८ मा पनि इस्लामावादले उपाधि जितेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ५३ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान