बस दुर्घटनामा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते | Khabarhub Khabarhub

बस दुर्घटनामा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

नैरोबी– केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको विवरणमा भनिएको छ, ‘भारी वर्षा भइरहेको बेला विश्वविद्यालयको बसका चालकले अन्य सवारी साधनलाई उछिन्दा ५८ जना सवार बस सडकको दाहिनेतिर चिप्लिएको र ट्रकसँग ठोक्किएको खान थियो ।’

केन्याली रेड क्रसले घाइतेहरूलाई नजिकैको भोइ शहरको एक अस्पतालमा लगिएको जनाएको छ ।

पूर्वी अफ्रिकी राष्ट्र केन्यामा खराब सडक संरचना, पुराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनाका कारण बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् । 

राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणको तथ्यांकअनुसार केन्यामा सन् २०२३ मा सडक दुर्घटनामा परी चार हजार ३२४ जनाको मृत्यु भएको छ भने १८ हजार ५६१ जना घाइते भएका छन् ।

यद्यपि, सन् २०२४ जनवरी १ देखि फेब्रुअरी ११ को बीचमा ५३६ जनाको मृत्यु भएको थियो, को सुरुवात घातक थियो, जनवरी १ देखि फेब्रुअरी ११ को बीचमा ५३६ जनाको मृत्यु भएको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा पाँच प्रतिशतले बढी हो ।

फेब्रुअरी ११ मा भएको सडक दुर्घटनामा २४ वर्षीय विश्व म्याराथन कीर्तिमानधारी केल्भिन किप्टमको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ०५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं