ऋणात्मक ब्याजदर अन्त्य गरिएको 'बैंक अफ जापान' को घोषणा | Khabarhub Khabarhub

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैंक अफ जापान’ को घोषणा


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

टोकियो– बैंक अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ ।

बैंकले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।

केन्द्रीय बैंकको नीति बोर्डले नीति निर्धारणका लागि बसेको दुई दिने बैठकपछि अल्पकालीन दरलाई एक तहमाथि लग्दै माइनस ०.१ देखि ०.१ प्रतिशतको दायरामा लाने निर्णय गरेको छ । बैंकले स्थिर २ प्रतिशत मुद्रास्फीति प्राप्त गर्ने लक्ष्यलाई मध्यनजर गर्दै उक्त निर्णय लिएको बताएको छ । 

बैठकपछि बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य स्थिरताको लक्ष्य दिगो र स्थिर रूपमा दुई प्रतिशत हासिल हुने देखिएको छ । सकारात्मक दरहरूलाई परिपक्व दायरामा ल्याउने क्रममा बैंकले अत्यधिक ब्याजदर नियन्त्रण नीतिलाई खारेज गर्ने निर्णय गरेको छ । यस अन्तर्गत केन्द्रीय बैंकले दीर्घकालीन ब्याज दरहरू लगभग शून्य प्रतिशतमा राख्न सकियोस् भनी जापानी सरकारी ऋणपत्रको ठूलो मात्रा खरीद गरेको थियो ।’

यसैबीच, बैंकले घरायसी उपभोग सुस्त रहेकाले अर्थतन्त्रमा निरन्तर कमजोरी रहेको औँल्याएको छ भने ब्याजदरमा तीव्र वृद्धि हुन नदिन सरकारको ऋणपत्र आवश्यकताअनुसार खरिद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले सन् २०१६ मा ऋणात्मक दर र प्रतिफल वक्र नियन्त्रण सुरु गरेको थियो । यो बैंकको दशकभन्दा लामो ‘अल्ट्रालुज’ (अत्यधिक कम अर्थात् ऋणात्मक ब्याजदर) मौद्रिक नीति प्रोत्साहनको प्रतीक थियो ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नकारात्मक दर र उत्पादन वक्र नियन्त्रण कार्यक्रममा मौद्रिक सहजता ढाँचा समावेश हुन्छ र यसमा बैंकले आफ्नो भूमिका ‘पूरा’ गरेको छ ।’ 

प्रमुख जापानी फर्महरूले यस महिना प्रमुख श्रमिक सङ्घसङ्गठनहरूसँग ज्यालामा ५.२८ प्रतिशत वृद्धि गर्न सहमत भएपछि मंगलबार अपेक्षित कदम आएको छ, जसले ३३ वर्षमा सबैभन्दा ठूलो वेतन वृद्धिलाई संकेत गरेको छ भने केन्द्रीय बैंकको विश्वासलाई बढाएको छ ।

जापानमा स्वस्थ ज्याला–मूल्य चक्रले जरा गाडेको छ र हल्का मुद्रास्फीति जारी रहनेछ । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ०२ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन