यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री « Khabarhub

यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन्।

सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारे ।

‘जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ’, उनले भने, ‘नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।’

उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न  निर्देशन दिए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ०६ बजे

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

एजेन्सी– युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा

एनपीएलमा आज : लुम्बिनीले टस जित्यो, चितवनविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ

सिमरा तनावबारे प्रचण्ड : फागुन २१ को निर्वाचन बिथोल्ने कारण नबनोस् 

काठमाडौं– बाराको सिमरामा हिजोदेखि बढ्दै गएको तनाव र हिंसात्मक घटनाप्रति

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि

काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरू ‘गौरव योजना’ र